नेपाल र वेस्ट इन्डिज बीचको टी-२० शृङ्खलामा आज चौथो खेल हुँदै

खबर खुराक
२० वैशाख २०८१ ११:०५

२० वैशाख, बुटवल । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० शृङ्खला अन्तरगत आज चौथो खेल हुँदै छ ।  खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने छ ।

जारी टि २० सिरिजको हिजो बुधबार सम्पन्न तेस्रो खेलमा दोस्रो जित निकाल्दै वेस्ट इन्डिजले श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो ।शृङ्खलाको अन्तिम खेल आउँदो शनिवार हुनेछ भने समाप्ति लगत्तै नेपाली टोली विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ । आगामी जुन महिनामा हुने टी-२० विश्वकपका लागि नेपालसहित २० राष्ट्र टोली घोषणा गरिसकेका छन् ।



प्रतिक्रिया