राजनिति

सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित

खबर खुराक
२१ वैशाख २०८१

२१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने भनेर बोलाइएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको जनाए

एमालेले सरसल्लाह गर्न बाँकी रहेको भन्दै नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताउँदै आएको थियो । कांग्रेसले  नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै सदन अवरुद्ध पार्ने चेतावनी दिँदै आएको थियो ।

केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री अगाडि सरेका समाजवादीका नेता सोडारीलाई अहिले भने आफै मुख्यमन्त्री बन्दा विश्वासको मत लिन सकस भएको हो।