वर्षासँगै घट्यो काठमाडौंको प्रदूषण

खबर खुराक
२५ वैशाख २०८१ १२:२२

२५ वैशाख, काठमाडौं । हल्का वर्षासँगै काठमाडौं उपत्यकामा प्रदूषण कम भएको छ । वातावरण विभागको मंगलबार मध्याह्न १२ बजेको तथ्यांकअनुसार काठमाडौंका अधिकांश स्थानमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सयभन्दा कम मापन भएको छ ।

ललितपुरको भैँसेपाटी क्षेत्रमा भने सो समय एक्यूआई १६६ छ । सोमबार २४ घण्टाको औसत एक्यूआई १८१ सम्म पुगेको विभागको तथ्यांक छ ।

यस्तै, एक साताअघिसम्म उच्च प्रदूषित रहेको कास्कीको पोखरा मंगलबार सफा भएको छ । त्यहाँको एक्यूआई मंगलबार बिहान ४६ मा झरेको छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थकर वायु रहेको अवस्था हो ।

डढेलोका कारण उच्च प्रदूषित बनेको चितवनको भरतपुरमा प्रदूषण कम भए पनि अझै सफा हुन सकेको छैन । भरतपुरमा मंगलबार सो समय एक्यूआई ९८ छ ।

 



प्रतिक्रिया