साउदीमा १५ नेपाली अलपत्र,उद्दारका लागि हारगुहार

खबर खुराक
३० वैशाख २०८१

३० वैशाख, साउदी । सुनौलो भविष्यको सपना बोकेर वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका १५ नेपाली ७  महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरिएको सम्झौता अनुसार ११००‌ प्लस २५० साउदी रियलमा उनीहरू एक्सेस  कम्पनीमा , कार्पेन्टर,क्लिनर , स्टीलमेन, वल्डिङ हेल्परको रूपमा काम गर्न काठमाडौं बसुन्धरामा रहेको एमिटी ह्युमन रिसोर्स मेनपावरबाट गत अक्टोवर ५ -७  जुन २०२३ मा  साउदी  पुगेका थिए।

उनका अनुसार अलपत्र परेको खबर  नेपाली दूतावास,परिवार  जन प्रगतिशील  मंच साउदी,  तथा वैदेशिक रोजगार विभागमा दिएलगत्तै पुन: कम्पनीले  एक हजारको दरले  तलबस्वरुप  खान बस्न दिएको छ।

अर्क एकजना पीडितले  ५ महिनाको जम्मा ८०० रियल दिएको बताए। अहिले कम्पनीले काम गर बेसिक तलब नदिने तर खानाका लागि पैसा दिने भनेको छ। यसले उनीहरुमा थप तनाव उत्पन्न भएको र अलपत्र पर्ने अवस्था रहेको बताए ।

सम्झौताअनुसारको काम नदिए स्वदेश फिर्ता गराउन आग्रह समेत गरेका छन्। त्यस्तै उक्त कम्पनीको लागि थप १० जना समेत आएका र सम्झौता अनुसार  काम सेवा सुविधा नपाएर  कतिपय भागेर अन्यत्र गएको र केही अलपत्र परेका पीडितहरू बताउँछन्।

उनीहरूले एजेन्ड  जामिल तथा  सम्बन्धित मेनपावरलाई प्रतिव्यक्ति २ लाख ५० हजारदेखि २ लाख ५० हजार सम्म बुझाएका थिए।   मेनपावरले ‘सिधा कम्पनी भिजा हो र  नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधा प्राप्त हुनेछ’ भनेको उनीहरू सुनाउँछन्।

अलपत्र परी उद्धारको लागि सहयोगको अनुरोध गर्नेमा चेत बहादुर खत्री, भुपेद्र बहादुर पुन,अशोक बहादुर,भीम बहादुर माझी, दिनेश कतारिया,कुमार दहाल, बिजय कुमार सिंह,गोबिन्द विक,नबिन बुढा, विरेन्द्र महत्व, राम रतन मण्डल, सोमराज पनुहर, राजकुमार शाह, श्रवण कुमार यादव,यादन मगर  रहेका छन भने उनीहरूले  नेपाली दूतावास रियादमा उद्धारसहित क्षतिपूर्तिका लागि लिखित रुपमा निवेदन  समेत दिएका छन् ।

पीडितमध्येका एक व्यक्तिको पेटको समस्याले अवस्था  गम्भीर बन्दै गएको र उसको उपचारको लागि कुरा भएको तर उपचारतर्फ ध्यान नदिएको उनीहरु गुनासो छ।

घटनाको बारेमा  भातृसंगठन जन प्रगतिशील मंच परिवारले सूचना पाउना साथ पीडितसँग सम्पर्क गरी केही दिनका लागि खाद्यान्नको व्यवस्था गर्नुको साथै सम्बन्धित मेनपावर तथा नेपाली दुतावासमा सम्पर्क गरि पीडितहरूलाई सहयोग गर्न अनुरोध गरेको थियो ।

घटनाको जानकारी  रियादस्थित नेपाली राजदूतावासलाई दिइएको छ। दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग छलफल गरी कामदारलाई सम्झौताअनुसार काम र सेवासुविधा दिनको लागि भनेको छ। सम्झौताअनुसार कामदारलाई काम  र सेवासुविधा दिन नसके तत्काल स्वदेश फिर्ता पठाउने अल्टिमेटमसमेत उसले दिएको छ।

रोजगारीका लागि साउदी आउने कामदारको संख्या बढ्दो छ। तर,सम्बन्धित कम्पनीले सम्झौताअनुसार सेवासुविधा नदिँदा  र मेनपावरले कम्पनीका बारेमा आधिकारिक कार्यशैलीको ढाँचा नबुझ्दा उनीहरू विभिन्न समस्यामा परिरहेका छन्।