दैलेखमा ट्र्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु

खबर खुराक
३१ वैशाख २०८१

३१ वैशाख, दैलेख  । दुल्लु नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –६ का ५६ वर्षीया  कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् ।

 रावलको राती १० बजे र शाहीको १२ बजे उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । मृतक दुई जनालाई दुल्लु अस्पतालमा सामान्य उपचारपछि थप उपचार गर्न एम्बुलेन्समार्फत सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको थियो ।

गएको आइतबार दुल्लु नगरपालिका–६ धाडा जङ्गलमा  भएको ट्र्याक्टर दुर्घटनामा ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।

शोकमा गाउँ

 गाउँमा विद्युत् विस्तार हुनुभएपछि पोल लिन गएका गाउँलेहरू कहिल्यै नफर्किने गरी गएपछि गाउँ नै शोकमा डुबेको छ । दुर्घटनामा परी ज्यान गुमाउने तीनै जना र चार जना घाइते सबै एकै गाउँका हुन् ।

ट्र्याक्टरले बोकेको विद्युतकाे पोल हल्लिएर भे.१ त. ८९६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा एक जनाको घटना स्थलमै ६ जना घाइते अवस्थामा उद्धार गरिएको थियो । घाइते चालक कमल शाही र कमारो रावललाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो ।

 घाइते भएका ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ट्र्याक्टर धनी ३१ वर्षीय ललितबहादुर खड्काको दुल्लु अस्पतालमा उपचार चलिरहेको जिल्ला प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिनुभयो ।