सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

खबर खुराक
२ जेठ २०८१

२ जेठ, बुटवल । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज पनि जारी रहने भएको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

यस मुद्दाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्दाको फैसला पनि आजै आउनसक्ने बताइएको छ । मँगलबार सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरिसकेका छन् । यसै गरी गौशाला २६ को तर्फबाट २ सरकारी वकिलले बहस सकेका छन् । गौशालाका निजी वकिलहरूको बहस आज पनि जारी हुने छ ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यस विरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनवाइ भइरहेको हो ।