इफ बट छैन, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : माधव नेपाल

खबर खुराक
६ जेठ २०८१

६ जेठ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बिहान मात्र प्रधानमन्त्रीसँग भेट भएको सुनाए । उनले अगाडि भने, ‘हामी सरकारमा सहभागी छौं । त्यसैले हामीले विश्वासको मत नदिने प्रश्नै उ्ठ्दैन । इफ बट छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

सुदूरपश्चिममा आफ्नो दलका मुख्यमन्त्रीले विश्वासको मत पाएको र आफूहरूले पनि कोशीमा विश्वासको मत दिएको उनले उल्लेख गरे ।

अहिले सहमति र समझदारीका साथ जानु नै उपयुक्त हुने भन्दै नेता नेपालले भने, ‘मत माग्न आए पनि नआए पनि दिएका छौं ।