राजनिति

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

खबर खुराक
७ जेठ २०८१

७ जेठ,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो ।

सोमबार बसेको पार्टीको संसदीय दलको निर्णय अनुसार प्रतिनिधिसभा बैठकमा अनिर्वाय उपस्थिति हुन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाका सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरुलाई ह्विप जारी गरिएको जानकारी उहाँले दिनुभयो ।