महाकवि देवकोटा क्याम्पसमा अन्तरक्रिया कार्यक्रम

खबर खुराक
९ जेठ २०८१

०९ बुटवल । महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखा र विद्यार्थी परामर्श शाखाको संयुक्त आयोजना साथै सरकारी वकिल कार्यालयको सहयोगमा मिति २०८१÷०२÷०९ गतेका दिन यसै क्याम्पसको सभाहलमा समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता, न्यायधिवक्ता कृष्ण चन्द्र पाण्डेको प्रमुख प्रशिक्षकत्वमा संचानल भएको उक्त कार्यक्रममा सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता सुनिल लामिछाने, सोही कार्यालयका नायव सुब्बा बासुदेव घर्ती, महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकाल, क्याम्पसका शिक्षक कर्मचारी, व्यवस्थापन सङ्काय स्नातक तह पहिलो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु गरी ७५ जना को उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख प्रशिक्षक पाण्डेले नेपालको कानुनी व्यवस्था, मद्धाका प्रकार, अपराधका प्रकार र सजायको बारेमा स्पष्ट पार्नुभएको थियो । सोे अवसरमा न्यायधिवक्ता लामिछानेले सरकारी वकिलको कर्यालयले के कस्ता मुद्धा हेर्ने गर्दछ भन्ने बारेमा स्पष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा सभाध्यक्ष लामिछानेले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कानुनी व्यवस्थाको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बतउनु भयो । सो कार्यक्रमको सञ्चालन व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकालले गर्नुभएको थियो ।