खनाल राष्ट्रिय वाणिज्य बैंकको सीईओ मा नियुक्त

खबर खुराक
१० जेठ २०८१

काठमाडौं, १० जेठ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।

तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो ।

बैंककै डेपुटी सीईओ रहेको खनाल सीईओमा ४ वर्षका लागि नियुक्त भएका हुन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

सीईओ बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो ।