मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

खबर खुराक
२४ जेठ २०८१

२४ जेठ, जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।

जसपा नेपाल संसदीय दलका नेता यादव १७ महिना अगाडी मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सत्ता गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका थिए । तर पाँचौं पटकमा विश्वासको मत गुमाएसंगै साढे ६ वर्षपछि मधेशको सत्ता जसपा नेपालले गुमाएको छ ।

अब प्रदेशमा सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एसले सरकारको दावी गर्नेछन् । सरकारको नेतृत्व जनमतलाई दिने सहमती भइसकेको छ । जनमतबाट दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने छन् ।