सुरु भयाे देवीनगरमा तालिम

खबर खुराक
२४ जेठ २०८१

बुटवल २४ । पूर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगर, पाल्पामा रहेको लक्षित वर्ग मूल समन्वय समितिले उद्घोषण तथा भाषण कला, मिथ्या सूचनाविरुद्व सचेतीकरण र समाचार लेखनसम्बन्धी तीन दिवसीय तालिम विहिवारदेखि देवीनगरमा सुरु गरेको छ ।

तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र पत्रकार रीमा सोमैले उल्लेखित विषयहरुमा सैद्धान्तिक एवम प्रयोगात्मक सहजीकरण गर्ने छन् ।

तालिमको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाका प्रवक्ता मेहरसिंह थापाले लक्षित वर्ग मूल समन्वय समितिले स्थानीय विद्यालयका शिक्षक, सहकारीकर्मी,स्वास्थ्यकर्मी,जनप्रतिनिधिहरुको सार्थक सहभागितामा सञ्चालन गर्ने कार्यक्रमले तोकिएका विषयमा सहभागीहरुलाई सक्षम गराउने आशा ब्यक्त गरे । यस्तो तालिमपछि आआफ्ना क्षेत्रमा प्रभावकारिता झल्किने र नतीजा हासिल गर्न सम्भव हुने उल्लेख गरे ।

सो कार्यक्रममा सहभागीहरूलाई पूर्वखोला गाउँकार्यपालिका सदस्य रेवती घर्तिले स्वागत,समन्वय समितिका सचिव नवीन सिंजालीले सञ्चालन र समितिकी अध्यक्ष भगवती रानाले अध्यक्षता गरेकी थिईन् ।