मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त, आजै शपथ

खबर खुराक
२५ जेठ २०८१

२५ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंह नियुक्त भएका छन्।  शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख  सुमित्रा दुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

त्यसअघि सिंहले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख भण्डारीसमक्ष दावी पेश गरेका थिए।

उनी सप्तरी क्षेत्र न २ ख बाट निर्वाचित सांसद हुन्।  १०७ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक थियो।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् ।

शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिएका हुन् ।