तालिम सम्पन्न

खबर खुराक
२७ जेठ २०८१

बुटवल २७ । उद्घोषण तथा भाषणकला सीप विकास पुनर्ताजकी तालिम शनिवार पाल्पाको देवीनगरमा सम्पन्न भयो ।
तालिममा उद्घोषण, भाषणकला, मिथ्या सूचना रोकथामका विषयमा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । उनले सहभागीहरुलाई सैद्धान्तिक एवम् प्रयोगात्मक अभ्यास गराएका थिए ।
समापन कार्यक्रममा पूर्वखोला गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ४ देवीनगरका वडाध्यक्ष मेहरसिह थापाले तालिमबाट सहभागीले उल्लेखित विषयहरुमा राम्रोसँग सिक्ने अवसर प्राप्त गरेको र सिकाईलाई आआफना क्षेत्रमा कुशलतापूर्वक कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको बताए ।
वडा सदस्य भुवन सिंजालीले तालिममा सिकाई प्रभावकारी भएको बताए ।
सहभागीहरुका तर्फबाट अब्दुल्लाह कुजाडा र राधा सिकेले आफ्ना सिकाई कार्यान्वयन गर्ने प्रतिवद्वता जनाए ।
पूर्वखोला गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र लक्षित वर्ग मूल समन्वय समितिको आयोजनामा देवीनगर वडा कार्यालयमा तीन दिनसम्म संचालन भएको तालिम, समितिकी अध्यक्ष भगवती रानाको अध्यक्षता र धनुमाया घर्तिमगरले सञ्चालन गरेकी थिईन् । तालिममा विभिन्न संघसंस्थाका १६ जना प्रशिक्षार्थीहरुको सहभागीता थियो ।