भीडमा हराएको त्यो मान्छे(कविता)

खबर खुराक
२१ वैशाख २०८० १२:१८

बाटोमा भेटियो

एउटा मान्छे ।

सोध्दा उसले नाम भनेन ।

भीडमा भेटियो एउटा मान्छे ।

सोध्दा उसले पनि नाम भनेन ।

जुलुसमा भेटियो

अर्को मान्छे ।

उसले पनि आफ्नो नाम भनेन ।

धुलोमा यस्तो हराएको छ ऊ

जस्तो फूलमा बासना हराएको जस्तो ।

आजकाल ई नाम नभएका मान्छे

कहाँ छन् भनी म सोध्छु,

खोज्छु ।

ती अझै भीडैमा छन्,

बाटोमै छन्

जुलुसमै छन् ।

अनि भीडबाट बाहिर  आयो त ?

भयावह चिन्ता गर्छु ..

शायद ऊ भीडमा आफूलाई खोज्दो हो ।

भीडबाट बाहिर त्यही मान्छे छ

जो देखिन्थ्यो, चिनिन्थ्यो

जसको नाम पहिले लेखिएको थियो,

जसको नाम पहिल्यै सोचिएको थियो ।

ई  नाम नभएका मान्छेहरू

कहिले यी नाम भएका मान्छेसित मिसिन पाउने होला ।

सायद सपना होला मेरो यो

भो सपनामै रहन दिऊँ ।

गोरखापत्र अनलाइबाट।।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *