लायन्स क्लब अफ तानसेन सिटीको स्थापना दिवस मनाइयो

खबर खुराक
२७ साउन २०८३

राजेन्द्र लिगल
पाल्पा, २७ साउन । लायन्स क्लब अफ तानसेन सिटीको स्थापना दिवस मनाइएको छ ।


कार्यक्रममा प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ पी का सल्लकार तथा लुम्बिनी प्रदेशका सांसद  पूर्व स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारूले क्लबले सामाजिक काम गर्नुपर्ने बताउनुभयो । प्रत्येक सदस्यरूले रकम संकलन गरेर सामाजिक काम गर्ने हो । संस्थामा सुशासन कायम हुनुपर्छ । पारदर्शी, र सकारात्मक सोचले काम गर्न उहाँले आग्रह गर्नुभयो ।


विशिस्ट अतिथि लायन्स क्लब अन्तर्राष्ट्रियका चिफ डिष्ट्रिक्ट कोअर्डिनेटर सुशील प्रधान,  क्लबका संस्थापक अध्यक्ष बाबुराम कार्की, भूतपूर्व अध्यक्ष महेश शर्मा आचार्यले तानसेन सिटी क्लब २०१५ सालमा श्रीनगर लायन्स क्लबको सौजन्यमा स्थापना भई विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आइपुगेको बताएका थिए ।

कार्यक्रममा भगवती गैरेले राष्ट्रीय झण्डाको अभिवादन, विक्रम अधिकारीले स्वागत गर्नुभएको थियो ।

क्लबका अध्यक्ष विष्णुप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुष्यान्त भण्डारीले  सञ्चालन गर्नुभएको थियो ।