पाल्पाका स्थानीय तहसहित ३० बढी कार्यालयको एकै ठाउँ समीक्षा
मिलन विश्वकर्मा
असोज ६, २०८३
पाल्पा : जिल्लाका सबै स्थानीय तह र विभिन्न कार्यालयको एकै ठाउँमा समीक्षा गरिएको छ।
जिल्ला समन्वय समितिको आयोजनामा समीक्षा गोष्ठी आयोजना गरिएको हो। यहाँका दुई नगरपालिका र आठ वटा गाउँपालिका र सरकारी तथा गैर सरकारी संस्थाका समीक्षा गरिएको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए।
उनका अनुसार पालिका र स्थानीय सरकारका कामकारबाहीलाई पारदर्शी र जवाफदेहि बनाउनका लागि एक ठाउँमा कार्यक्रम आयोजना गरेर समीक्षा गरिएको हो। पालिकाले गरेका असल अभ्यास आदानप्रदान भएका छन्। संघ, प्रदेश र स्थानीय तहका कार्यालयमा हुने योजना, कार्यक्रम र बजेटकाबारेमा एक अर्कालाई जानकारी प्राप्त गर्न सहयोग पुगेको उनले बताए।
यहाँका १० पालिका र विभिन्न सरकारी तथा गैरसरकारी गरी ३५ बढी कार्यालय गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका समन्वय अधिकारी पुनराम पौडेलले बताए। वित्तीय अवस्था, कार्यालयले वर्षभरि गरेका प्रगति, विकास निर्माण लगायतका काममा आइ परेका समस्या, चुनौतीबारे कार्यालय प्रमुखले प्रतिवेदन प्रस्तुत गरेका थिए।
काम गर्ने सिलसिलामा आइपरेका कानुनी र व्यवहारिक कठिनाइ, स्रोत साधनको अभाव, बेरुजु फर्छ्यौट्का समस्या, ऐनका नियम निर्माण गर्न परेका अप्ठ्यारा लगायत विषयमा पालिका अध्यक्षहरूले गुनासो गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलराम घर्तीमगरले कानुन बनेर मात्रै नहुने बताउनुभयो । ´वन ऐन बनाएका थियौं` उहाँले भन्नुभयो ´बाझिएर काम गर्न कार्यान्वयन गर्न सकिएन ।` विज्ञबाट सहयोग लिएर छिमेकी पालिकाको सहमतिमा कानुन निर्माण गर्न उनले सुझाए। आफूले पनि मन्त्रीलाई नमस्कार गरेर आफ्नो क्षेत्रका लागि बजेट माग्दा समेत नपाएको उहाँले बताउनुभयो । मन्त्री मुखी बजेटले विकास हुन नसकेको उहाँले बताउनुभयो । सांसद हुँदा चर्को बोल्ने व्यक्ति मन्त्री हुँदा केही नगर्ने उहाँले बताउनुभयो । न आफूले जान्ने, न अर्कोले भनेको मान्ने प्रवृत्तिले अराजकता मौलाएको सभामुखले बताउनुभयो ।
लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री खेमबहादुर सारूले यहाँको पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो । प्रदेशमा आफूहरू जस्ता सांसद निरीह छौं । पहुँचको आधारमा बजेट विनियोजन हुने गरेको उहाँले बताउनुभयो । निस्वार्थ जनताको काममा लाग्दा समेत योजना कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । बहुवर्षे योजना पनि निश्चित समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहले थोरै बजेटले धेरै काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । जनताको आकांक्षा अनुसार काम गर्न नसकिएको उहाँले बताउनुभयो । कतिपय वडाले नमस्ते बजेट ल्याउछ्न । आफूले त्यसरी थप बजेट ल्याउन नसकेको बताउनुभयो । तर प्राप्त बजेटबाट पारदर्शी काम गर्दै आएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले यहाँ प्राप्त भएका सुझावलाई आत्मसात गरेर अगाडि गर्ने प्रतिबद्धता जनाउनुभयो । आम नागरिकलाई दिने सेवा सुविधालाई प्रभावकारी बनाउने र आर्थिक अवस्थामा सवल बनाउनेगरी काम गरिरहेको उहाँले बताउनुभयो । स्थानीय सरकारसँग कुनै सहकार्य नगरी संघीय सरकारले कर्मचारी सरुवा गर्दा काम गर्न कठिनाइ भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति विष्णुप्रसाद भण्डारीले कागजमा विकास देखिएजस्तै व्यवहार नभएको बताउनुभयो । एसईईको नतिजालाई प्रगति मानियो। शैक्षिक गुणस्तरको बारेमा समीक्षा नगरेको उहाँले बताउनुभयो । पाल्पालाई कृषि र पर्यटनको हब बनाउनुपर्ने उहाँले बताउनुभयो । कर्मचारी र ठेकेदारको मिलिमतोले विकासका कामले गति नलिएको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठले समीक्षा कर्मकाण्डी जस्तै भएको बताउनुभयो । पालिका अध्यक्ष र प्रमुख बीच समन्वय हुनुपर्ने बताउनुभयो । नतिजामूखि काम गर्नुपर्छ । पाल्पामा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर योजना र कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो । स्थानीय तहले आवश्यक कानुन निर्माण गर्न उहाँले सुझाव दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तीमगरले जिल्लाको विकासमा साझा एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । हार्थोक छहरा सडक प्राथमिकताम नपरेकोमा दुख व्यक्त गर्नुभयो । उत्पादनमुखि कार्यक्रममा स्थानीय तहले जोड दिनुपर्ने सुझाव दिनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका अनिलकिशोर घिमिरेले बजेट कति खर्च भयो भन्नुभन्दा पनि समग्र जिल्लाको विकास कति भयो भन्ने महत्त्वपूर्ण भएको बताउनुभयो । योजना बैंक बनाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले फर्म्याटमा तयार गरिएको समीक्षाले प्रभाव नपर्ने बताउनुभयो । हिजो र आजको परिस्थितिमा भएका प्रगति बारे समीक्षा हुनुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा पाल्पा विशाल दर्लामी ३५ वटा कार्यालयको समीक्षा ।
ठेकेदारले समस्या दिने गरेको छ । लापरबाही गर्ने ठेकेदारलाई तह लगाउने कुन सरकार हो? कामकाजी बनाउन पर्ने छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिम्मेवार व्यक्तिले नैतिक जिम्मेवार पूरा नगर्दा निराशा बढेको बताउनुभयो । जिसस सक्रिय बनाउन आवश्यक छ। स्रोत र साधन उपलब्ध गराएर काम गर्ने वातावरण मिलाउनुपर्छ । तलका कुरा नसुन्ने माथि गएर नजान्ने अवस्थाले मुलुक झनै जटिल अवस्थामा पुगेको उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस