विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

खबर खुराक
२५ वैशाख २०८० १४:२५

२५ वैशाख, काठमाडौं । पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक भएको छ । प्रा. डा. गोविन्दराज भट्टराई, कवि विमला तुम्खेवा चलचित्र निर्देशक प्रकाश सायमी र समीक्षक राजकुमार बानियाँले मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा चलचित्र निर्देशक प्रकाश सायमीले भारत र नेपालमा राज्य र जनता दुवैले सम्मानित गरेका कलाकार मास्टर मित्रसेन भएको बताउनुहुँदै उहाँको जीवनीमा आधारित उपन्यास मित्रसेनको साङ्गीतिक विरासतलाई सुरक्षित गर्ने दस्तावेजका रुपमा आएको उल्लेख गर्नुभयो ।

पहिलो विश्वयुद्धबारे नेपाली साहित्यमा कमै लेखिएकाले र आफू पूर्व लाहुरे हुनुको नाताले पनि मास्टर मित्रसेनको जीवनी लेख्ने प्रेरणा मिलेको लेखक विजय हितानको भनाइ छ।

सांग्रिला बुक्सले प्रकाशित गरेको कृति लाहुरेको रेलिमाईले पहिलो विश्वयुद्धमा गोर्खा सैनिकको सिपाही बनेर लडेका मित्रसेन थापा सिँजाली मगरको मास्टर मित्रसेनसम्मको यात्रालाई लिपिवद्ध गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *