विद्यालय सुधारका लागि विश्व बैंकको १६ अर्ब ऋण, साढे २ अर्ब अनुदान

खबर खुराक
१७ जेठ २०८०

१७ जेठ, काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधारका लागि १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ (१२ करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ।

अन्तराष्ट्रिय विकास संघ मार्फत विश्व बैंकले नेपालका सरकारी विद्यालयको स्तरीकरण र सुदृढीकरणका लागि सो ऋण उपलब्ध गराउने भएको हो ।

यस्तै नेपाल सरकारले सञ्चालन गरेको स्कुल क्षेत्र रुपान्तरण कार्यक्रमलाई थप सुदृढ बनाउनका लागि विश्व बैंकले शिक्षामा विश्वव्यापी साझेदारी परियोजना अन्तर्गत २ अर्ब ६० करोड अर्थात (१ करोड ९७ लाख अमेरिकी डलर) अनुदान प्रदान गर्ने भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै अर्थ मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले विश्व बैंकले गरेको सहयोगले नेपालमा शिक्षाको पहुँच बढाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने बताए ।

यस्तै विश्व बैंकका माल्दिभस, श्रीलंका र नेपालका देशीय निर्देशक फेरिस हडाड र्जेभोसले विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमले नेपालमा शिक्षाको पहुँच बढाई दक्ष मानव स्रोतको विकासमा टेवा पुु¥याउन सहयोग प¥याउने जनाएका छन् ।

विश्व बैंकले प्रदान गर्ने ऋण र अनुदानले कोभिडको समयमा शिक्षा क्षेत्रमा पुगेको समस्या समाधानका लागि सहयोग गर्ने छ । अनुदानमा प्राप्त रकमले छात्रा, अपाङ्ग तथा निम्न आय भएका विद्यार्थीहरुलाई छात्रवृति दिन प्रयोग हुनेछ।