काठमाडौं महानगरको शिक्षा क्षेत्रको बजेट १ अर्ब ३२ करोड

खबर खुराक
१० असार २०८०

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको शिक्षा क्षेत्रको लागि १ अर्ब ३२ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ।

आइतबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आगामी आव २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको लागि भने ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरेको जानकारी दिइन्।

‘आव २०८०/८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्रको विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा नियमित क्रियाकलापको लागि महानगरको आन्तरिक श्रोतबाट  १ अर्ब  ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ,’उनले भनिन्।

महानगरपालिकाले आवको लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ।