नेपालमा अगष्ट महिनामा करिब ६७ हजार पर्यटक भित्रिए

खबर खुराक
१५ भदौ २०८०

१५ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अगष्ट महिनामा नेपालमा करिब ६७ हजार पर्यटक भित्रिएका छन् ।

नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् ।

बोर्डको तथ्यांकअनुसार भारतबाट २६ हजार ६६५  पर्यटक नेपाल आएका छन् । यस्तै, दोस्रोमा चीन रहेको छ । चीनबाट अगष्टमा पाँच हजार २७ पर्यटक नेपाल आएका छन् ।

यूएसएबाट चार हजार ६२९, श्रीलंकाबाट तीन हजार पाँच, बंगलादेशबाट तीन हजार १९०, यूकेबाट दुई हजार ७११, स्पेनबाट एक हजार ५८, जापानबाट एक हजार ५२०, इटलीबाट एक हजार ४९६ र अष्ट्रेलियाबाट एक हजार ३४७ पर्यटक नेपाल आएका छन् ।