नेपालको ५० रन पूरा

खबर खुराक
१८ भदौ २०८०

१८ भदौ, काठमाडौँ । एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले ५० रन पुरा गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।

आसिफ शेख २० तथा कुशल भुर्तेल २९ रन बनाएर खेलिरहेका छन् । ९ ओभर सकिँदा नेपालले ५३ रन बनाएको छ ।