आईसीसी टी-२० विश्वकप

आईसीसी टी-२० विश्वकप : २० देशका यि टिमबाट को को खेल्दैछन ?

खबर खुराक
२० जेठ २०८१

२० जेठ, काठमाडौं । क्रिकेट समर्थकको ध्यान अहिले अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी २० विश्वकप २०२४ ले तानेको छ। आयोजक अमेरिकाले आइतबार क्यानडासँग खेल्दै विश्वकपको सुरुवात गर्दै छ। उद्घाटन खेलमा अमेरिका र क्यानडाले खेलेसँगै यी दुई टोलीले विश्वकपमा औपचारिक रुपमा ‘डेब्यु’ गर्नेछन्।

अर्थात् अमेरिका, क्यानडासँगै युगाण्डाले पहिलो पटक विश्वकप खेल्दै छ। आयोजक राष्ट्रको हैसियतमा अमेरिकाले सिधै विश्वकपमा स्थान बनाउँदा क्यानडाले बर्मुडालाई हराउँदै विश्वकपमा स्थान पक्का गरेको थियो। युगान्डाले दक्षिण अफ्रिका छनोटमा जिम्बाब्वेलाई हराउँदै विश्वकपमा ‘डेब्यु’ गर्न लागेको हो।

विश्वकपको नवौँ संस्करणसम्म आइपुग्दा सन् २००७ को पहिलो संस्करणमा श्रीलंकाले केन्याविरुद्ध २ सय ६०  रनको योगफल तयार पारेको थियो। यो नै विश्वकपमा अहिलेसम्म सर्वाधिक ठूलो स्कोर हो। यस्तै सन् २०१४ मा श्रीलंकाले नेदरल्यान्ड्सलाई ३९ रनमा अलआउट भएको थियो।

1

विश्वकपमा अहिलेसम्म भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक कप्तानी गरेका छन्। उनले सन् २००७ देखि २०१६ सम्म ३३ खेलमा कप्तानी सम्हालेका छन्। यस्तै वेस्ट इन्डिजका ड्यारेन सामीले सन् २०१२ र २०१६ मा टोलीले विश्वकप जित्दा १८ खेलमा टोलीको कप्तानी गरेका थिए।

भारतीय टोलीका कप्तान रोहित शर्मा सर्वाधिक विश्वकप खेल्ने खेलाडी हुन्। उनले सन् २००७ देखि अहिलेसम्मका सबै विश्वकपमा ३९ खेल खेलेका छन्। यस्तै बंगलादेशका सकिब अल हसनले ३६ खेल खेलेका छन्। उनले २००७ देखि अहिलेसम्मका सबै विश्वकपमा ३६ खेलमा ४७ विकेट लिँदै सर्वाधिक विकेट लिनेको शीर्ष स्थानमा छन्।

यस्तै विश्वकपमा अहिलेसम्म सर्वाधिक रन विराट कोहलीेले बनाएका छन्। टी२० विश्वकपमा विराटले सन् २०१२, २०१४, २०१६, २०२१ र २०२२ मा गरेर १ हजार १ सय ४१ रन बनाएका छन्। सन् २०२४ को विश्वकपका लागि सबैभन्दा पहिला न्यु जिल्यान्डले आफ्नो टोली घोषणा गरेको थियो। न्यु जिल्यान्डले २९ अप्रिलमा विश्वकप खेल्ने टोली घोषणा गर्दा नयाँ प्लेइङ किट पनि सार्वजनिक गरेको थियो।

सबैभन्दा ढिला टोली घोषणा भने पाकिस्तानले गरेको थियो। पाकिस्तानले मे २४ मा टोली घोषणा गरेसँगै विश्वकप खेल्ने २० टोलीले नै आफ्नो नाम आईसीसीमा बुझाएका थिए।

3

सन् २०२४ मा विश्वकप खेल्ने टोली र खेलाडीको नाम यसप्रकार छ:

भारत:
रोहित शर्मा (क्याप्टेन), हार्दिक पाण्ड्या, यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सैमसन, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज, वैकल्पिक खेलाडीः शुभमन गिल, रिंकु सिंह, खलील अहमद, आवेश खान
पाकिस्तान:
बाबर आजम (क्याप्टेन), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रौफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, सैम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी, उस्मान खान
आयरल्यान्ड:
पल स्टर्लिङ (क्याप्टेन), मार्क एडेयर, रस एडेयर, एन्ड्रयू बालबर्नी, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डकरेल, ग्राहम ह्यूम, जोस लिटल, ब्यारी म्याकार्थी, नील रक, ह्यारी टेक्टर, लोर्कन टकर, बेन ह्वाइट, क्रेग यंग
क्यानडा:
साद बिन जफर (क्याप्टेन), आरोन जोन्सन, रविन्दरपाल सिंह, नवनीत धालिवाल, कलिम साना, डिलोन हेलिगर, जेरेमी गोर्डन, निखिल दत्त, परगट सिंह, निकोलस किर्टन, रायनखान पठान, जुनैद सिद्दिकी, दिलप्रीत बाजवा, श्रेयस जोशी, वैकल्पिक खेलाडीः ताजिन्दर सिंह, आदित्य वरधराजन, अम्मार खालिद, जतिंदर मथारु, परवीन कुमार
संयुक्त राज्य अमेरिका:
मोनांक पटेल (क्याप्टेन), आरोन जोन्स, एन्ड्रिज गौस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेथ्रालवाकर, शाडले भान शाल्कविक, स्टीवन टेलर, शायन जहाँगीर वैकल्पिक खेलाडीः गजानन्द सिंह, जुआनोय ड्रिसडेल, यासिर मोहम्मद
इंग्ल्यान्ड:
जोस बटलर (क्याप्टेन), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले, मार्क वुड
अस्ट्रेलिया:  
मिचेल मार्स (क्याप्टेन), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर, एडम जाम्पा, वैकल्पिक खेलाडीः  यजेक फ्रेजर–म्याकगुर्क, म्याट शर्ट
नामिबिया:
गेर्हार्ड इरास्मस (क्याप्टेन), जेन ग्रीन, माइकल भान लिङ्गेन, डिलन लीचर, रुबेन ट्रम्पेलम्यान, ज्याक ब्रासेल, बेन शिकोंगो, टांगेनी लुंगामेनी, निको डेभिन, जेजे स्मित, जन फ्रिलिन्क, जेपी कोट्जे, डेभिड विसे, बर्नार्ड शोल्ट्ज, मालन क्रुगर, पि डी ब्रिग्नउट
स्कटल्यान्ड:
रिची बेरिङटन (क्याप्टेन), म्याथ्यू क्रस, ब्राड करी, क्रिस ग्रीभ्स, ओली हेयर्स, ज्याक जार्विस, माइकल जोन्स, माइकल लिस्क, ब्रान्डन म्याकमुलेन, जर्ज मुन्से, सफायान सरिफ, क्रिस सोले, चार्ली टियर, मार्क वाट, ब्राड ह्वील
ओमान:
अकिब इलियास (कप्तान), जिशान मकसूद, कश्यप प्रजापति, प्रतीक आठवले, अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी, मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद, खालिद कैल, वैकल्पिक खेलाडीः जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद, जय ओडेद्रा
न्यु जिल्यान्ड:
केन विलियम्सन (क्याप्टेन), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चैपम्यान, डेभन कोनवे, लोकी फग्र्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउदी,  वैकल्पिक खेलाडीः बेन सियर्स
वेस्ट इन्डिज:
रोभम्यान पावेल (क्याप्टेन), अल्जारी जोसेफ, जोन्सन चाल्र्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाई होप, अकेल होसेन, शामर जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफान रदरफोर्ड, रोमेरियो शेफर्ड
अफगानिस्तान:
राशिद खान (क्याप्टेन), रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करीम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी, फरीद अहमद मलिक, वैकल्पिक खेलाडीः सेदिक अटल, हजरतुल्लाह जाजई, सलीम साफी
युगान्डा:
ब्रायन मसाबा (क्याप्टेन), साइमन सेसाजी, रोजर मुकासा, कोस्मास क्यूउटा, दिनेश नाक्रानी, फ्रेड अचेलम, केनेथ वाइस्वा, अल्पेश रामजानी, फ्रान्क नसुबुगा, हेनरी सेन्योन्डो, बिलाल हसुन, रोबिन्सन ओबुया, रियाजत अली मियाजी शाह, जुमाना पटेल, वैकल्पिक खेलाडीः इनोसेन्ट वेबाजे, रोनाल्ड लुटाया
पपुवा न्यु गिनी:
असाडोल्लाह वाला (कप्तान), अले नाओ, चाड सोपर, सीजे अमिनी, हिला वारे, हिरी हिरी, ज्याक गार्डनर, जोन कारिको, काबुआ वागी मोरिया, किपलिङ डोरिगा, लेगा सियाका, नर्मन भानुआ, सेमा कामिया, सेसे बाउ, टोनी उरा
दक्षिण अफ्रिका:
एडेन मार्कराम (क्याप्टेन), ओटनियल बार्टम्यान, गेराल्ड कोएत्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन, तब्राइज शम्सी, स्टब्स स्टुब्स
श्रीलंका:
वानिन्दु हसरंगा (क्याप्टेन), चरित असालान्का, कुसल मेन्डिस, पथुम निसान्का, कामिन्दु मेन्डिस, सदीरा समराविक्रमा, एन्जेलो म्याथ्युज, दासुन शानाका, धनंजया डी सिल्भा, महेश थेक्साना, दुनिथ वेलालेज, नुस्मान्थे चमेरा, नुस्मान्थेरा, नुसन्थेरा, नुस्नान थिसाना मधुशंका, वैकल्पिक खेलाडीः असिथा फर्नान्डो, विजयकान्त व्यास्कान्त, भानुका राजपक्षे, जनिथ लियानागे
बंगलादेश:
नजमुल हुसेन शान्तो (क्याप्टेन), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुद उल्लाह रियाद, जाकेर अली अनिक, तन्वीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, तान्जिम हसन साकिब, वैकल्पिक खेलाडीः अफिफ हुसेन, हसन महमु
नेदरल्यान्ड्स:
स्कट एडवड्र्स (क्याप्टेन), आर्यन दत्त, बास डे लीडे, काइल क्लेन, लोगान भ्यान बेक, म्याक्स ओुडाउड, माइकल लेभिट, पल भ्यान मिकरेन, रायन क्लेन, साकिब जुल्फिकार, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम पीलेरिङ , विक्रम सिंह, भिव किङ्मा, वेस्ली ब्यारेसी,  वैकल्पिक खेलाडीः रयान क्लेन
नेपाल:
रोहित पौडेल (क्याप्टेन), आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमल सिंह ऐरी