नेपालले छैटौं विकेट पनि गुमायो

खबर खुराक
१८ भदौ २०८०

१८ भदौ, काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३  रन जोडेका गुल्सन झालाई गुमाएको हो ।

यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ । ३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।