एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोलीः बाजागाजासहित भव्य स्वागत

खबर खुराक
२० भदौ २०८०

पाकिस्तान र श्रीलंकामा जारी एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आज स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

टोलीलाई विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न थुप्रै समर्थक राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए ।

नेपालले पाकिस्तान र श्रीलंकामा एक–एक गरी दुई खेल खेलेको थियो । पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टोली गत बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

यस्तै, भारतसँग सोमवार १० विकेटले पराजित भए पनि ब्याटिङमा उच्च प्रदर्शन गरेको थियो ।