खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक

खबर खुराक
२५ भदौ २०८०

२५ भदौ, काठमाडौं । हामी गुलियो, नुनिलो र मसलेदार खानेकुरा हरेक दिन नै खान्छौं । तर तीतो र टर्रो खानेकुरा हामीलाई खास मन पर्दैन र दैनिक खानामा समावेश गर्दैनौ । हामीलाई मीठो लाग्ने खानेकुराको सूची तयार गर्ने हो भने सबैभन्दा मीठोबाट क्रमशः नमीठो खानेकुरा आउँछ । गुलियो,  नुनिलो, पिरो, अमिलो, तीतो र टर्रो ।

अब मीठोको यो सूचीलाई ठीक पछाडिबाट राखियो भने ती खानेकुरा स्वास्थ्यका लागि प्राथमिकतामा पर्न जान्छन् । अर्थात् स्वास्थ्यका लागि क्रमशः टर्रो, तीतो, अमिलो फाइदाजनक मानिन्छ । गुलियो खानेकुरा स्वास्थ्यका लागि कम प्राथमिकतामा पर्छ ।

आजकाल करेला बढी खानाले सुगरको लेवल कम हुनुको साथै प्रेशर कम हुन्छ भन्ने मानसिक्ताले गर्दा करेलाको प्रयोग कम हुने गरेको पाइन्छ । कुनै पनि वस्तुको अत्यधिक सेवनले समस्या पैदा नहोला भन्न सकिदैन । आज नेपालमा सहि खानाको अभावमा विविध रोग उत्पत्ति भएका छन् ।

हामीले खाने हरेक वस्तुको सेवन पुर्ब आफ्नो स्वास्थ्य कसरी सवल बनाउन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर खाने गरेमा कुनैपनि समस्या उत्पन्न नहुने मेरो ठोकुवा छ ।

आयुर्वेदले यसलाई पक्षाघात, दम निको पार्न लाभदायक मानेको छ । पायल्स, पत्थरी जस्ता रोग हटाउन पनि यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ ।

स्वास्थ्यको लागि तिते करेला खानुका फाइदाहरु

१. पेटको जुका मार्न करेला उपयोगी औषधि मानिएको छ । दिनमा एकपटक एक चमच ३ दिनसम्म खान दिनु सवै झार्दछ ।

२. High Blood Pressure मा करेला धेरै राम्रो औषधि मानिएको छ। प्रेसरका रोगीले नियमित करेला खाने गर्नुपर्छ ।

३. तितेकरेलालाई छायामा सुकाएर धुलो बनाउने र सिसिमा राख्ने आवश्याकताको समय एक-एक चमच यो औषधि सेवन गर्नाले इन्सुलीनको काम गर्दछ ।

४. करेलाको उपयोग छालाको रोगमा राम्रो छ । यसले छालामा निखार ल्याउनुको साथै चम्किलो बनाउन मद्दत गर्दछ ।

५. करेला नियमित सेवन गर्नाले स्वास प्रस्वासमा समेत फाइदा गर्दछ ।

६. मधुमेहमा करेलाको तरकारी र सुप बनाएर खाएमा व्लडमा सुगरको लेवल कम गराउदछ ।

७. नियमित करेला खाने महिलाहरूको हीमोग्लोबिनको कमी पुरा गर्दछ ।

८. क्यान्सरको रोगमा समेत करेला उपयोगी औषधि मानिएको छ ।

९. पत्थरीको रोगमा करेलाको रसले फाल्दछ । पत्थरी भएकाहरूलाई करेलाको तरकारी दिनु राम्रो हुन्छ ।