डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण गर्ने एकजना पक्राउ

१५ असोज २०८० २३:१३

काठमाडौं । गौशालाको पिंगलास्थान नजिक पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नेमध्ये एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराका सिकिलदेव सहानी रहेका छन् । घटनापछि ट्याम्पो चढेर भागेका उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच करिब एक लाख रकम लेनदेनको विवाद देखिएको र सोही लेनदेनका कारण नै हुसेनमाथि आक्रमण भएको हुनसक्ने प्रहरीले जनाएको छ । हुसेनमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु घटनास्थलमै छाडेर आक्रमणकारी भागेका थिए ।

घाइते हुसेनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *