नेप्सेमा झण्डै ३१ अंकको गिरावट

खबर खुराक
१८ माघ २०८० १५:४४

१८ माघ, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक करिब ३१ अंक (३०.९२) ले घटेर २ हजार ६७.०१ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.४७ प्रतिशतले कम हो । बुधबार २१ अंकले घटेको नेप्से बिहीबार पनि उच्च अंकले ओरालो लागेको हो ।

बिहीबार ८० हजार २९ वटा कारोबारबाट ३ सय ९ वटा कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढेपनि २ सय २६ वटा कम्पनीको घट्यो । बाँकी कम्पनीको सेयर मूल्य स्थिर छ । यो सँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३२ खर्ब ९६ अर्ब रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया