भारतको थोक मुद्रास्फीति ०.२७ प्रतिशतले घट्यो

खबर खुराक
४ फागुन २०८० १२:०१

४ फागुन, भारत ।  भारतको थोक मूल्य सूचकाङ्क (डब्ल्युपिआइ) जनवरीमा ०.२७ प्रतिशतले घटेको सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

जनवरी २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तु, मेसिनरी र उपकरण, उत्पादन, खनिज, यातायात उपकरण आदिको मूल्य वृद्धिका कारण रहेको बताइएको छ । डिसेम्बर २०२३ का लागि डब्ल्युपिआइ ०.७३ प्रतिशत रेकर्ड गरिएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल



प्रतिक्रिया