लगातार रेकर्ड राख्दै सुनको मूल्य

खबर खुराक
२४ फागुन २०८० १२:१३

२४ फागुन, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँमा करोबार भएको थियो । सुनको मूल्य एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले बढेर कारोबार भएको हो ।

गएको सोमबार सुनको मूल्यले त्यसअघिका सबै रेकर्ड तोडेर एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि एकैदिन तोलामा ८० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया