सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढ्यो

खबर खुराक
१९ चैत २०८० १३:१०

१९ चैत, काठमाडौं ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकामा सोमबारका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय कायम भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सयमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । रासस



प्रतिक्रिया