महाकवि देवकोटा क्याम्पसमा विदाई तथा शुभकामना कार्यक्रम

खबर खुराक
८ जेठ २०८१

महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखा र स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा होटल ओरियनको सभाहलमा मिति २०८१÷०२÷०५ गते शनिबारका दिन स्नातक तहको चौथो वर्षका विद्यार्थीहरुको शैक्षिक सफलताकोे कामना गर्दै विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

महाकवि देवकोटा क्याम्पस स्नातक तह व्यवस्थापन सङ्काय तेस्रो वर्षमा अध्ययनरत छात्र सन्तोष गुप्ताको अध्यक्षता, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता, क्याम्पस सञ्चलक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछाने, क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष एवं क्याम्पस संरक्षक विष्णुप्रासद पौडेलद्वयको विशिष्ट आतिथ्यता, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी, क्याम्पस प्रमुख, क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिका, कार्यरत कर्मचारी, शिक्षाशास्त्र र व्यवस्थापन सङकाय अन्तर्गत तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु गरी २७५ जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा व्यवस्थापन सङ्काय अन्तर्गत चौथो वर्षमा अध्ययनरत छात्र टपन केवट र सिद्धार्थ गाहाले अनुभव मन्तव्य प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछाने, निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेल, वडाध्यक्ष बालकृष्ण पङ्गेनी लगायतका व्यक्तित्वहरुबाट शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्यालले विद्यार्थी जीवनमा अनुशासनको निकै महत्व हुने तथ्य उल्लेख गर्दै अवका युुवाले देश निर्माणको अभिभारा बोक्नु पर्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा समेत प्रस्तुत गरेका थिए ।

विदाई भएर जाँदै गरेका चौथो वर्षका विद्यार्थीहरुलाई प्रमुख अतिथि विमला अर्यालले टिका तथा पुष्प गुच्छा साथै विशिष्ट अतिथि लामिछानेले मायाको चिनो प्रदान गर्नुभएको थियो । व्यवस्थापन सङ्काय स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छात्र निखिल रेग्मी र छात्रा एलिशा बस्यालको सञ्चालन रहेको उक्त कार्यक्रममा शिक्षाशास्त्र सङ्काय स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छात्रा यमुना पराजुलीको स्वागत मन्तव्य रहेको थियो ।