महाकवि देवकोटा क्याम्पसमा व्यक्तित्व विकासको लागि दुई दिने सिप विकास तालिम
महाकवि देवकोटा क्याम्पसको आयोजनामा मिति २०८१/०७/२० गतेका दिन यसै क्याम्पसको सभाहलमा क्याम्पसमा अध्ययनरत साथै क्याम्पसबाट पास आउट भएका विद्यार्थीहरुलाई जागिरमा पदस्थापन गर्ने उद्धेश्यले सञ्चालन भएको व्यक्तित्व विकासको लागि दुई दिने सिप विकास तालिम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, दिवस खनाल र सुरज पन्थ द्वयको प्रशिक्षकत्व रहेको उक्त कार्यक्रममा मानविकी सङ्काय प्रमुख बबिन सापकोटा, व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकाल, एम.वि.यस र वि.वि.ए. कार्यक्रम संयोजक लक्ष्मण टण्डन, अतिरिक्त क्रियाकलाप शखा संयोजक सुलोचना अर्याल, सार्वजनिक सूचना शाखा संयोजक हरिदत्त शर्मा, शिक्षक विकाश राना लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो । दुई सत्रमा संचालन गरिएको उक्त कार्यक्रमको पहिलो सत्रमा वि.वि.ए. अध्ययन गर्ने विद्यार्थी साथै दोस्रो सत्रमा वि.वि.यस., वि.एड., एम.वि.यस. साथै वि.ए. तर्फ अध्ययनरत विद्यार्थीहरु उपस्थित भएका थिए । २०८१/०७/२५ गते सञ्चालन गरिने महाकवि देवकोटा क्याम्पस रोजगार मेला (एम.जे.एफ) लाई लक्षित गरि सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई रोजगारदाता कम्पनीहरुका प्रतिनिधिहरुसंग कसरी अन्तर्वर्तामा सहभागी हुने र रोजगारी प्राप्त गर्न योग्य हुने भन्ने सन्दर्भमा प्रशिक्षक द्वयले विभिन्न किसिमका सिप सिकाउनु भएको थियो । कार्यक्रममा पदस्थापन शाखाका संयोजक विकाश आचार्यको सञ्चालन र क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको स्वागत मन्तव्य रहेको थियो ।




प्रतिक्रिया दिनुहोस