राष्ट्रपतिद्वारा पाँच देशमा राजदूत नियुक्त
काठमाडौं, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पोर्चुगल, स्पेन, बेल्जियम, कोरिया र दक्षिण अफ्रिकाका लागि नयाँ राजदूत नियुक्त गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा.शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले पाँच देशमा राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया दिनुहोस