नेसपा (नयाँ शक्ति)को अध्यक्षमा पुनः डा. बाबुराम भट्टराई निर्वाचित

खबर खुराक
१ फागुन २०८१

काठमाडौँ, १ फागुन । नेसपा (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।

गत माघ २७ गतेयता जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन भएको थियो। अध्यक्षका लागि भट्टराईसहित युवा नेता नेत्र चापागाईँ प्रत्याशी थिए।

चापागाईँलाई पराजित गर्दै भट्टराई अध्यक्ष दोहोरिएका हुन्। आधिकारिक रूपमा पाँच बजे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइने बताइएको छ।