ट्रायम्फ ब्रान्डको मोटरसाइकल पश्चिम क्षेत्रकै बुटवलमा पाइने

खबर खुराक
२८ वैशाख २०८२

मिलन विश्वकर्मा
पाल्पा, २८ बैशाख । ट्रायम्फ ब्रान्डको मोटरसाइकल अब रूपन्देहीको बुटवलमा पाइने भएको छ ।

विश्वप्रसिद्ध मोटरसाइकल ट्रायम्फ ब्रान्ड कालिकानगरस्थित बस्याल अटो कर्पले बिक्री गर्न थालेको हो । ट्रायम्फ नेपालको आधिकारिक बिक्रेताको रूपमा विक्री गरिएको अटो कर्पका अध्यक्ष गोपालप्रसाद बस्यालले बताउनुभयो ।

स्क्र्याबलर ४०० एक्स र स्पीड ४०० गरी दुई मोडेलका मोटरसाइकल इन्जिन, पिकअप र बीएचपीमा अन्य बाइक भन्दा बलिया, उत्कृष्ट इन्जिनियरिङ र सुरक्षित भएको ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बताउनुभयो । मोटरसाईकलमा ६ गियरसहितको इन्जिन, ३७.५ न्युटन मिटर टर्कसहित पिकअप क्षमता र ब्रेक हर्स पावर ३९ रहेकाले जस्तोसुकै सडकमा सहजरुपमा चलाउन सकिन्छ । मोटरसाईकलमा इमोबिलाइजर यन्त्र जडान भएकाले कसैले चोरेर लैजान नसक्ने उहाँले बताउनुभयो ।

स्क्र्याबलर ४०० एक्सको सिट हाइट ८३५ एमएम र स्पीड ४०० को सिट हाइट ७९० एमएम तथा दुबै मोडेलका बाइकमा १३ लिटर पेट्रोल ट्यांकी रहेका छन्। यसका साथै स्क्र्याबलर ४०० एक्स चार रंगमा र स्पीड ४०० तीन रंगमा उपलब्ध रहेका अध्यक्ष गोपालप्रसाद बस्यालले बताउनुभयो । दक्ष जनशक्तिसहित सेल्स, सर्भिस र स्पेयरको सुविधा उपलब्ध भएकाले अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव दिलाउने उहाँले बताउनुभयो ।

ट्रायम्फ (Triumph) एक प्रतिष्ठित ब्रिटिश मोटरसाइकल ब्रान्ड हो । जसले १९०२ देखि मोटरसाइकल निर्माण गर्दै आएको छ । यसको मोटरसाइकलहरू उत्कृष्ट डिजाइन, बलियो इन्जिन, र आधुनिक प्रविधिहरूको संयोजनका लागि चिनिन्छन् । नेपालमा ट्रायम्फ मोटरसाइकलहरू हालै प्रवेश गरेका छन्। नेपालका राइडरहरूका लागि नयाँ विकल्पहरू प्रस्तुत गरेका बस्यालले बताउनुभयो ।

उहाँका अनुसार यस मोटरसाइकलको माग बढ्दै गएको छ । बस्याल अटो कर्पबुटवलबाट हालसम्म २० भन्दा बढी मोटरसाइकल बिक्री भइसकेका छन् ।

ट्रायम्फ मोटरसाइकल पछिल्लो समय भारतबाट उत्पादन र पश्चिम नवलपरासीको भूमहीमा एसेम्बल भइरहेको छ ।