तिनाउ ५ मा बालहित सम्बन्धी अभिमुखीकरण कार्यक्रम सप्पन्न
पाल्पा, १६ माघ । तिनाउ गाउँपालिका-५ अन्तर्गत बाल शाखाको आयोजनामा बालबालिकाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा बालबालिकाका लागि असल बानी, व्यवहार, कर्तब्य, अनुशासन तथा बालमैत्री स्थानीय शासनमा अर्थपूर्ण बाल सहभागिता बारे सहजीकरण गरिएको थियो ।
वडा अध्यक्ष इन्द्र कुमारी चिदीले बालबालिकाको हित र अधिकारका लागि वडा कार्यालयले विभिन्न रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । बालविवाह मुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणा गर्ने गरी बाल अधिकारको क्षेत्रमा कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । बालबालिकाको अधिकार कार्यान्वयनमा अभिभावक र सरोकारवाला निकायबीच सहकार्य र समन्वय हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
वडा सचिव विकास रावलले बालबालिका क्षेत्रमा वडा कार्यालयले आवश्यक बजेट विनियोजन गरेर कार्यक्रम गर्दै आएको बताउनुभयो । उनीहरूको माग र आवश्यकताका आधारमा कार्यक्रम भएका उहाँले बताउनुभयो ।
कार्यपालिका सदस्य कुमारी सुनारले बालबालिकाको सुन्दर भविष्यका लागि सरकारले मात्र नभई अभिभावकले महत्त्वपूर्ण भूमिका र चासो राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडाभरिका १५ वटा बाल संगठनबाट करिब १५० जना बालबालिकाको सहभागिता रहेको बालमैत्री सहजकर्ता हिमाल चिदीले बताउनुभयो ।
कार्यक्रममा पत्रकारद्वोय मिलन विश्वकर्मा र विजय बौडेलले सहजीकरण गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस