आगन बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न

खबर खुराक
५ मंसिर २०८३

पाल्पा, ५ मंसिर । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका -२ पाल्पाको सातौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष गोपालप्रसाद बस्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष रामप्रसाद खनालले संस्थाको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संस्थाका सल्लाहकार राष्ट्रिय बाणिज्य बैंकका पूर्व प्रबन्धक मित्रलाल नेपाली सहकारीले शेयर सदस्यको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

विशिस्ट अतिथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले शेयर सदस्यलाई आकर्षण गर्ने खालका कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक भविन्द्र गौतमले संस्थाको सबल र कमजोरी पक्षमा सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष मिलन विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रममा सचिव श्रीप्रकाश ढुंगानाले संचालन गर्नुभएको थियो ।

अध्यक्ष गोपालप्रसाद बस्यालको अध्यक्षतामा भएको साधारण सभामा शेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो ।

साधारण सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सुझाव सहित पारित गरेको छ । यसैगरी आगामी आर्थिक वर्षको रणनीतिक योजना पारित गरेको छ ।