नेपाल भर्सेस बंगलादेश

साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले चुम्यो, नेपाल २-१ ले पराजित

उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेले

खबर खुराक
१४ कार्तिक २०८१

काठमाडौं, १४ कार्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो । दोस्रो हाफको सुरुवातमा बंगलादेशले सुरुवाती गोल गरेको थियो ।

नेपलाले ४ मिनेटपछि नै गोल फर्काएर खेलमा फर्कन खोजेको थियो । नेपालकको लागि अमिशा कार्कीले गोल फर्काएकी थिईन । तर, दोस्रो हाफको अन्त्यतिर बंगलादेशले अर्को गोल थपेको हो ।