भेटियाे क्वासी मून ! अर्थात नयाँ चन्द्रमा !

खबर खुराक
१८ जेठ २०८० ६:५४

१८, जेठ ।

अन्तरिक्षयात्रीले हवाईको Pan-STARRS टेलिस्कोपको मद्दतले 2023 FW13 नामका क्वासी मूनबारे पत्ता लगाएको हो । अन्तरिक्ष यात्रीका अनुसार यो २१०० वर्ष (१०० बीसी) देखि पृथ्वीको आसपास नै थियो । यसबारे अहिले मात्रै पत्ता लागेको हो । यसले अबको १५ सय वर्ष अर्थात् सन् ३७०० सम्म पृथ्वीको चक्कर लगाउनेछ । त्यसपछि यसले पृथ्वीको कक्ष छोड्नेछ । यसबाट पृथ्वीलाई कुनै खतरा हुने छैन ।

क्वासी मूनलाई क्वासी–स्याटलाइट पनि भनिन्छ । यसले चन्द्रमाले झैँ पृथ्वीको परिक्रमा गरिरहेको छ । तर यो पृथ्वीको साटो सूर्यको गुरुत्वाकर्षणले बाँधिएको छ । त्यसैले पनि यसलाई क्वासी भनिएको छ । यता चन्द्रमा भने पृथ्वीको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ ।

2023 FW13 ले सूर्यको चारैतिर त्यति नै समयमा चक्कर लगाउँछ जति समयमा (३६५ दिन) पृथ्वीले लगाउँछ । साथै यसले पृथ्वीको चारैतिर पनि चक्कर लगाउँछ । नयाँ चन्द्रमा 2023 FW13 ले पृथ्वीको हिल स्फियर बाहिर चक्कर लगाउँछ । ‘हिल स्फियर’ कुनै पनि ग्रहको एक यस्तो हिस्सा हो जहाँ ग्रहको गुरुत्वाकर्षण बल सबैभन्दा धेरै शक्तिशाली हुन्छ । यसै बलका कारण उपग्रह, ग्रहतिर तानिन्छन् । पृथ्वीको ‘हिल स्फियर’ को रेडियस १.५ मिलियन किलोमिटर हो जबकि 2023 FW13 को रेडियस योभन्दा ठुलो अर्थात् १.६ मिलियन किलोमिटर हो । यस्तै, हाम्रो चन्द्रमाको हिल स्फेयरको रेडियस ६० हजार किलोमिटर मात्रै छ ।

 

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *