पाल्पाका सबै पालिकामा एमालेको भेला सम्पन्न
मिलन विश्वकर्मा
कात्तिक २५, पाल्पा । नेकपा एमाले पाल्पाले जिल्लाका सबै स्थानीय तहमा पार्टीको बैठक तथा भेला मंगलबार सम्पन्न गरेको छ ।
दुईवटा नगरपालिका र ८ वटा गाउँपालिकामा एमाले पालिका कमिटीले बैठक तथा भेला सम्पन्न गरेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।
अन्तरक्रिया, प्रशिक्षण तथा जनप्रदर्शन गरिएको छ । पालिका कमिटीले फरकफरक कार्यक्रम आयोजना गरेका उहाँले बताउनुभयो ।
केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता आ-आफ्नो पालिकामा भएका कार्यक्रममा उपस्थिति भएका थिए ।
जिल्ला कमिटीले वक्ताका रुपमा निस्दी गाउँपालिकामा उपाध्यक्ष विमल काफ्ले, रामपुर नगरपालिकामा केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर गैरे, रम्भा गाउँपालिकामा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल र प्रदेश सल्लाहकार सदस्य टंक खनाल, माथागढी र पूर्वखोला गाउँपालिकामा प्रदेश कमिटी सदस्य नारायण आचार्य, बगनास गाउँपालिकामा केन्द्रीय निर्वाचन आयोग सदस्य नारायणी शर्मा, तानसेन नगरपालिकामा केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरे, तिनाउ गाउँपालिकामा जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगर, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालि कमिटीले गरेको कार्यक्रममा जिल्ला सचिव रामजी पोखरेललाई खटाएको थियो ।
एमाले पाल्पाले यही कात्तिक २९ गते तानसेनमा बृहत प्रदर्शन गर्ने भएको छ । तयारी तीव्र पारिएको एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो ।
जनप्रदर्शनमा हजारौं नेता तथा कार्यकर्ता सडकमा उतार्ने गरी अभियान थालिएको जिल्ला सचिव रामजी पोखरेल बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस