महाकवि देवकोटा क्याम्पसमा संस्कृति विशेष कार्यक्रम सम्पन्न

बुटवल, भदौ–१० । महाकवि देवकोटा क्याम्पसको आयोजनामा विद्यार्थीहरुलाई नेपाली संस्कृतिको बारेमा ज्ञान प्रदान गर्ने उद्धेश्यले यसै क्याम्पसको सभाहलमा संस्कृति विशेष कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा लोकदोहोरी गायक भरत क्षेत्री त्यसै गरी प्रकृया कवर, सुविना थापा मगर, सुदिक्षा चौधरी साथै अस्मिता सेढाई निर्णायक रहनु भएको थियो । उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी., विभागीय प्रमुखहरु, क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिका साथै यसै क्याम्पस अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु गरी ९७ जनाको सहभागिता रहेको थियो दुई चरणमा संचालन गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा कल्चरल वाल्क प्रस्तुत गरिएको थियो उक्त कल्चरल वाल्क मा सोनी खडका प्रथम, तेजनारायण प्रसाद चौधरी द्वितीय साथै प्रतिमा गैरै तृतीय भएका थिए । कार्यक्रमको दोस्रो चरणमा ट्यालेन्ट–शो प्रस्तुत गरिएको थियो उक्त ट्यालेन्ट–शामा प्रतिमा गौतमको समूह प्रमथ, जानुकी चापागाईको समूह दोस्रो साथै कञ्चन थापाको समूह तेस्रो भएका थिए । कार्यक्रममा दुवैतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्न सफल प्रतियोगीहरुलाई प्रमुख अतिथि र सभाध्यक्ष साथै निर्णायक संयोजकबाट पुष्प गुच्छा टीका तथा नगद पुुरस्कार प्रदान गरिएको थियो । शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि लामिछानेले संस्कृतिको संरक्षण गर्न साथै विद्यार्थीहरुलाई नेपाली संस्कृतिको बारेमा जानकारी गराउन कार्यक्रम सफल रहेको विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपालका विभिन्न जात जातिको प्रतिनिधित्व गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष ढकालले बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश नेपालका विभिन्न संस्कृतिको पहिचान स्थापना हुने खालका प्रस्तुति प्रस्तुत गरेकोमा सम्पूर्ण प्रतियोगीहरुलाई हार्दिक धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा उप प्राध्यापक हरि प्रसाद बस्यालको स्वागत मन्तव्य साथै मुना अधिकारी, करुणा क्षेत्री, जोसना नेपाल साथै स्वस्तिका भण्डारीको संचालन रहेको थियो ।



प्रतिक्रिया दिनुहोस