उपेन्द्र सुब्बाको नयाँ फिल्म ‘मनसरा’ बैशाख २१ मा

खबर खुराक
२९ मंसिर २०८० ११:५३

काठमाडौं । ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको आगामी फिल्म ‘मनसरा’को प्रदर्शन मिति तय भएको छ ।

दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको यो फिल्म बैशाख २१ गते रिलिज हुने भएको हो । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेका हुन् ।

फिल्ममा मिरुनाले मनसराको केन्द्रिय चरित्रमा अभिनय गरेकी छन् । पोस्टरमा उनको क्यारेक्टर अवतार प्रस्तुत गरिएको छ । यो नारीप्रधान फिल्मलाई ग्रामिण सेटिङमा तयार पारिएको छ ।

पोस्टरमा मिरुनाको पात्र झोला बोकेर कतै हतासमा हिँडिरहेको महसुस गर्न सकिन्छ । निर्देशक सुब्बाले फिल्म महिलाको मनोदशा र सामाजिक उपस्थितीको कथावस्तुमा आधारित हुने बताए । पोस्टर हेर्दा अर्गानिक ‘सिनेम्याटिक भिजुअल’ महसुस हुन्छ ।

यो फिल्ममा मेनुका प्रधान र प्रवीण खतिवडाको समेत अभिनय छ । ‘कबड्डी’जस्ता चर्चित फिल्म छायांकन गरेका शैलैन्द्रध्वज कार्की यस फिल्मका निर्माता हुन् । कार्कीले निर्माण गरेको यो पहिलो फिल्म हो ।

ललितपुर र पाँचथरको लोकेसनमा खिचिने यो फिल्म कबड्डी फिल्म्स्को ब्यानरमा निर्माण हुँदैछ । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा जी-२१ प्रोडक्सन छ । थिएटर पार्टनरको रुपमा क्यूएफएक्स छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *