२३औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

खबर खुराक
१३ पुष २०८० १५:३२

१३ पुस, काठमाडौं । मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ देखि हुने भएको छ ।

आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता माघ ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको लागि सहारा क्लवलाई उक्त मितिमा स्विकृती समेत प्रदान गरेको छ । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ उक्त प्रतियोगिताको तयारी यसअघि नै सुरु गरिएको क्लवका महासचिव रामजी अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसअघि भएको २२औं संस्करणको उपाधि संकटा क्लब काठमाण्डौंले जितेको थियो ।

२०५५ सालमा स्थापित सहारा क्लबले २३ वर्षदेखि निरन्तर रुपमा आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *