यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै

खबर खुराक
१९ माघ २०८० १०:३१

१९ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको थियो । समूह चरणमा भने न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित नेपाल अफगानिस्तानसँग विजयी हुँदै सुपर सिक्समा पुगेको हो । भारतले भने समूह चरण र सुपरसिक्सको एक खेल जित्दै हालसम्म विश्वकपमा अपराजित छ ।



प्रतिक्रिया