प्रविधि

रियलमीले घटायो दुई ओटा स्मार्टफोन मूल्य

खबर खुराक
१९ माघ २०८० १२:०७

१९ माघ, काठमाडौं । रियलमीले आफ्ना दुई ओटा स्मार्टफोन मोडेलको मूल्य घटाएको छ । कम्पनीले रियलमी सी ५१ र रियलमी सी ५३ को मूल्य छुट मूल्यमा उपलब्ध गराउन थालेको हो ।

यससँगै १४ हजार ९९९ रुपैयाँ पर्ने रियलमी सी ५१ अब १३ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । त्यस्तै १८ हजार ९९९ मूल्य रहेको रियलमी सी ५३ स्मार्टफोन १६ हजार ४९९ मै पाउन सकिनेछ ।

रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरा रहेको छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनमा रहेको यो फोन कम्प्याक्ट र हलुका रहेको छ ।

१८ वाटको क्विक चार्जिङको सुविधा रहेको रियलमी सी ५३ मा ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । १२ जीबी सम्मको डायनामिक र्‍याम रहेको यो फोनमा सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज छ ।

६.७४ इन्च तथा ९० हर्जको रिफ्रेश रेट भएको डिस्प्ले यो फोनमा पाउन सकिन्छ । अक्टा–कोर चिपसेट राखिएको रियलमी सी ५३ को ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

त्यस्तै रियलमी सी ५१ मा ३३ वाटको सुपरभोक फास्ट चार्जर पाउन सकिन्छ । जसले यो फोन २८ मिनेटमा शून्यबाट ५० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ । १२८ जीबी स्टोरेज रहेको रियलमी सी ५१ मा चार जीबीको बिल्ट–इन र्‍याम राखिएको छ ।

साथै यसमा रहेको डीआरई प्रविधिमार्फत थप ४ जीबी र्‍याम बढाउन मिल्ने बताइएको छ । यसमा पनि ५००० एमएएच क्षमताकै ब्याट्री पाउन सकिन्छ ।

फोनमा ५० मेगापिक्सेलको एआई क्यामराका साथै ९० हर्ज रिफ्रेश रेट सहितको ६.७४ इन्च आकारको डिस्प्ले रहेको छ ।



प्रतिक्रिया