त्रिकोणात्मक टी-२० सिरिज

भारत भ्रमणमा रहेको नेपालले आज बरोडासँग खेल्दै

टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

खबर खुराक
२० चैत २०८० १५:१३

२० चैत, बुटवल । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ ।

दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो ।

नेपालको टोली ः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।



प्रतिक्रिया