गर्मी मौसममा खरबुजा खादा के के फाइदा हुन्छ त ?

खबर खुराक
२० चैत २०८० १६:३९

२० चैत, काठमाडौं । गर्मिमा शररीरलाई फ्रेस राख्‍न फलफूल निकै फाइदा जनक मानिन्छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । धेरैलाई मनपर्ने फल हो खरबुजा । गर्मी याममा निकै उपयोगी मानिने खरबुजा हाम्रो स्वास्थ्यको लागि पनि फाइदाजनक छ । खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि पाइन्छ ।

त्यसमा पनि यो मौसममा खरबुजा खानुको मज्जै बेग्लै हुन्छ ।तपाई हामीलाई पनि बाहिर गर्मिमा अरु खाना भन्दा खरभुजा नै खान मन पर्छ । यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्‍याउछ । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरभुजा खानु उत्तम हुन्छ।

यस्ता छन् खरबुजा खानुका फाइदाहरु

१. खरबुजाले शरीरका अनेक प्रकारका क्‍यान्सर निको बनाउने अनुसन्धानबाट पता लागेको छ । यसले प्रोटेस्ट क्‍यान्सर, ब्रेस्ट क्‍यान्सर लगायत पेटको क्‍यान्सरका लागि फाइदाजनक हुन्छ ।

२. यसमा क्‍यालोरीको मात्रा निक्कै कम हुने हुँदा शारीरिक तौललाई घटाउनमा सहयोग गर्छ ।

३. खरबुजा खानाले शरीरिक फाइदा पुर्‍याउनुका साथै छालामा चमक ल्‍याउँछ ।

४. खरबुजा खानाले किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ ।

५.खरबुजा खानाले अनुहारमा चमक ल्याउँदछ ।



प्रतिक्रिया