एसीसी प्रिमियर कप

टस हारेर नेपालले मलेसिया विरुद्ध बलिङ गर्दै

खबर खुराक
३० चैत २०८० १७:२५

३० चैत, बुटवल । ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ । अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपालका लागि १४ सदस्सीय स्क्वाड मध्य अनिल शाह, प्रतिश जिसी र विवेक यादव टोलीबाट बाहिर रहेका छन् । स्पिनर ललित राजवंशी भने प्लेइङ–११ मा अटाउन सफल भएका छन् ।

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्च : प्रतिश जिसी, अनिल शाह, विवेक यादव

ओमानमा सुरु प्रतियोगिताको विजेताले २०२५ मा हुने टी(२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।

प्रिमियर कपमा नेपाल समुह ए मा रहेको छ । समुह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।



प्रतिक्रिया