नेपाली फुटबल टोली समयमा भिसा नआउँदा नेपालमै रोकिए

खबर खुराक
१८ वैशाख २०८१

१८ वैशाख, काठमाडौं। अभ्यास खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्य समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् ।

नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

नेपाली खेलाडीसहित ३५ जनाको टोलीको भिसा भारतस्थित बेलायती दूतावासले जारी गर्ने गर्छ । भारतबाट उनीहरुको भिसा आउन ढिलाइ भएका कारण पूर्वनिर्धारित फ्लाइटमा जान नपाएका हुन् ।

अब मंगलबार नै राति २ बजे खेलाडीहरुलाई बेलायत पठाउने गरी तयारी गरिरहेको प्रवक्ता शाहले बताए । नेपालले इंगल्याण्डको सी टिमसँग अभ्यास खेल खेल्न त्यसतर्फ जान लागेको हो ।